२ चैत्र २०८२, सोमबार | March 17, 2026

रोटरी क्लब अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ ।

शनिबार भएको रक्तदान कार्यक्रममा रोटरी क्लब अफ बुटवल चौतारीका स्पोन्सर क्लवहरु रोटर्याक्ट क्लब अफ बुटवल चौतारी, रोटर्याक्ट क्लब अफ भैरहवा चौतारी, इन्ट्र्याक्ट क्लब अफ भैरहवा चौतारी र इन्ट्र्याक्ट क्लब अफ नविन चौतारीले पनि सहकार्य गरेका थिए ।

एकयसय जना भन्दा बढी उपस्थित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । उनले आगामी वर्षको वैशाखभित्र फेरि रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिंदै मानवीय कार्यको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै क्लबका एजी कुलमणि ज्ञवालीले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ क्लवले आफूलाई अगाडि बढाउँदै लगेको भन्दै सामाजिक र रचनात्मक काममा निरन्तर क्रियाशिल रहन आग्रह गरे ।

त्यस अवसरमा कार्यक्रम संयोजक रामप्रसाद पाण्डे, रोट्र्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डे, भैरहवा चौतारीका अध्यक्ष आकाश पौडेललगायतले पनि रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, क्लवका पदाधिकारी तथा सदस्यहरुका साथै ठूलो संख्यामा रोटरीयनहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : २३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित