२ चैत्र २०८२, सोमबार | March 17, 2026

बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा



काठमाडौं । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरेको छ ।
बागमती सरसफाइको छ सय हप्ता पुगेको उपलक्ष्यमा बागमती सरसफाइ महाअभियानले आज आयोजना गरेको ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ परिसंवादमा आयोजना ग¥यो ।

त्यसक्रममा बागमती सफाइका लागि निजी तथा सरकारी क्षेत्रबाट भए÷गरेका काम कारबाही तथा आगामी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली पूर्व राजदूत लीलामणि पौडेलले आमनागरिकमा बागमती हाम्रो सभ्यता र संस्कृति भएकाले यसलाई फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु नै यस अभियानको ठूलो उपलब्धि रहेको बताए । उनले भने, “बागमती सफाइ महाअभियानले राम्रो सन्देश दिइरहेको छ, सबैमा बागमती सफा राख्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ, यो राम्रो सन्देश हो ।”

कार्यक्रममा बागमती महाअभियानका अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेल, गोकर्णेस्वर नगरपालिका प्रमुख दीपककुमार रिजाल, डा सुमित्रा अमात्य, वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे, हरिबहादुर थापा, बागमती सभ्यता आयोजनाका निमित्त प्रमुख उद्धव नेपाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : ३४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित