१८ चैत्र २०८२, बुधबार | April 2, 2026

बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान



बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।

जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग २ च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् ।

भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ११ : ०६ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”