११ पुस २०८२, शुक्रबार | December 26, 2025

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनमा तालमेल नगर्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।

सोमबार बिहान अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो।

केन्द्रीय समिति बैठक अघि मंसिर मसान्तसम्म पालिकाहरुको सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाले स्थानीय तहको उपनिर्वाचनमा अन्य दलसँग केन्द्रीय तालमेल नगर्ने निर्णय भएको पनि जनाए । तर स्थानीयस्तरमा विपक्षी मोर्चामा रहेका दलहरुसँग तालमेल गर्न सकिने ढोका खुलै रहेको उनले बताए । मंसिर १६ गते स्थानीय तहका ४४ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

बैठकले उपनिर्वाचनका लागि पार्टीको तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ११ : २८ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’