१ चैत्र २०८२, आइतबार | March 15, 2026

पाकिस्तानका प्रधानमन्त्रीसँग राजदूत अधिकारीको बिदाइ भेट



काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गरेका हुन् ।

त्यस अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)मार्फत क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले राजदूत अधिकारीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुद भएको उल्लेख गर्दै अधिकारीको आगामी कार्यकाल सुखद् होस् भनी कामना गरेका थिए ।

त्यस अवसरमा पाकिस्तानका उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मुहम्मद इशक दर, प्रधानमन्त्री सरिफका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव अमना बलोचका साथै नेपाली दूतावास उपप्रमुख सन लोकबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : २२ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी