३१ भदौ २०८३, बुधबार | September 16, 2026

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई



काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।

काठमाडौं पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् ।

पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवद्र्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : ०८ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०