३ पुस २०८२, बिहिबार | December 19, 2025

एनपिएल क्रिकेट : लुम्बिनीमा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त



काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सहभागी टोलीमध्ये लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई आफनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि लुम्बिनी लायन्सले चलचित्र क्षेत्रका महानायक हमाललाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो । लुम्बिनी लाइन्सद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र महानायक हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता एक वर्षको लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष जीसीले जानकरी दिए ।

सम्झौतासँगै हमालले एम्बास्डर को जिम्मेवारीलाई टिमसँग भावनात्मकरूपमा जोडिएको बताउँदै नेपालले क्रिकेट खेल्न थालेपछि आफू पनि क्रिकेट खेलमा आकर्षित भएको बताए । लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बास्डर भएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताए ।

लुम्बिनी लायन्स टिम रोहितकुमार पौडेल, अभिषेश गौतम, सन्दीप जोरा, आसुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द रहेका छन् ।

काठमाडौँमै आयोजना हुने उक्त एनपीएलमा लुम्बिनी लायन्ससँगै काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : ४९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको