३० बैशाख २०८३, बुधबार | May 14, 2026

हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकामा आज सार्वजनिक बिदा



पाल्पा । हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बिदा दिएको जनाएको हो ।

हरिबोधिनी एकादशीलाई यस क्षेत्रमा धार्मिक उत्सवको रुपमा मनाउने भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरी विदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले सूचना जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायतका कार्यालयमा बिदा दिईएको जानकारी गराएका छन । कालिगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको छ ।

नगरपालिकाले बिगतका वर्षहरुमा पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको थियो । ठूलो एकादशीको रुपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : ०३ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर