२८ मंसिर २०८२, आइतबार | December 14, 2025

यु-१९ महिला टि-२० विश्वकप : आजको अन्तिम खेलमा यूएईविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल



काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ । विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो । तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो । पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ ।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ । थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ । रनरेटको आधारमासमेत अपराजित युएई अगाडि भएकाले नेपालले आजको प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्नुपर्नेछ ।

नेपालले बुधबार दिउँसो १ः३० बजे युएईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : १५ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर