६ माघ २०८२, मंगलबार | January 21, 2026

श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ



काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी  (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार (यही १४ नोभेम्बर)मा भएको निर्वाचनमा एनपिपी पार्टीले दुई सय २५ स्थानमध्ये एक सय ५९ स्थानमा जीत हासिल गरेको थियो । उनले जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्ध दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय भएको थियो ।

“हालै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र विश्वास हासिल गरेर राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदनभण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलङ्कामा हालै भएको निर्वाचन नतिजाप्रति खुसी प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : १७ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका