९ माघ २०८२, शुक्रबार | January 23, 2026

चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म बिस्तार गर्नुपर्नेमा जोड दिएका छन ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको बताए ।

“चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ”, उनले भने ।

गत हप्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनमा महत्वपूर्ण योगदान पुगेको उनले स्मरण गरे । उनले मित्रताको साक्षी ईतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको पनि उल्लेख गरे ।

हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिब वाङ जोङलिङले चीन र नेपालबीचको सम्वन्ध राम्रो र भविष्य उज्जवल रहेको चर्चा गर्दै सहयोग आदानप्रदानका अनेक क्षेत्र रहेको बताए ।

साथै हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको उल्लेख गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गरे ।

सो विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले वैज्ञानिक शिक्षा विस्तारमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने विश्वास ब्यक्त गरे ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ३४ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी