२० मंसिर २०८२, शनिबार | December 6, 2025

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै



काठमाडौं । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ राष्ट्रिय नाराका साथ मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ ।

उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर माइतीघर मण्डलादेखि भृकुटीमण्डपसम्म ¥याली आयोजना गर्न लागेको छ । मङ्सिर १० गतेदेखि सुरु हुन लागेको अभियानका लागि मन्त्रालयले विगतमा जस्तै चेतनामूलक कार्यक्रममा जोड दिएको मन्त्रालयका लैङ्गिक हिंसा निवारण सम्पर्क व्यक्ति ममता विष्टले बताइन् ।

विष्टका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउनको लागि रु १० लाख बजेट छुट्टाइएको छ । मन्त्रालयले प्रदेशमा भएका विभिन्न सांसदसँग हिंसाविरुद्धको जनचेतनामूलक अभियानमाथि छलफल गर्ने, सम्बन्धित सङ्घसंस्थासँग अभियानमा सहकार्य गर्ने, शिक्षा मन्त्रालयमार्फत विद्यालयमा हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको उनले जानकारी दिइन् ।

“जनचेतना अभिवृद्धि गर्ने बुक लेट निकाल्ने कार्यसमेत हुँदैछ”, विष्टले भनिन््, “यो हिंसाविरुद्धको अभियान हो । त्यसैले हरेक दिन केही न केही जनचेतनामूलक कार्य गरिरहने तालिका छ ।” उनले विगतमा जस्तै अभियानकै रुपमा मन्त्रालयले १६ दिने कार्यक्रम निरन्तरता दिइहरेको बताइन् ।

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले