७ भदौ २०८३, आइतबार | August 23, 2026

विद्युतीय प्रणालीमा समस्या आएपछि राहदानी सेवा अवरुद्ध



काठमाडौं । राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको आज जानकारी गराएको हो ।

विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिए ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ ।”

विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउन प्रयासरत रहेको विभागले जानकारी गराएको छ ।

विभागले उक्त समस्याबारे ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी पठाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १० : १६ बजे

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको