२८ पुस २०८२, सोमबार | January 12, 2026

सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत फेला



काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् ।

परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८ः४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ ।

प्रहरीले अहिले उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत टोली खटाएर थप अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : ०८ बजे

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको

सुनचाँदीको मूल्य सर्वाधिक उचाइमा, बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति