१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भैरहेको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र ढिलोगरी सुरु भएको हो । यसअघि आज बिहान ८ बजेबाट बन्दसत्र सुरु गर्ने भनिएको थियो । प्रतिनिधिहरुको नाम दर्ताकार्य नसकिँदा बन्दसत्र पनि ढिलो भएको हो ।

महाधिवेशनका प्रतिनिधिहरु बन्दसत्र हलमा सहभागी भैरहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्।

बन्दसत्रको अध्यक्षता जेष्ठ सदस्य ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गरेका छन् ।

आजको बन्दसत्रमा थापा र शर्माले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने पक्षधरहरुको दाबी छ । उता विशेष महाधिवेशनमा सहभागी नभएको पार्टीको संस्थापन पक्षले भने कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन देउवा निवासमा छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : ४१ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५