१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेपालीको संङख्या बढेसंगै जापानमा अर्को अन्तराष्ट्रिय स्तरको विद्यालय खुल्यो



टोकियो । जापानमा नेपालीहरुको जनसङख्या बढेसंगै अन्तराष्ट्रिय स्तरको विद्यालयको माँग पनि बढ्दै गएको छ त्यही मागलाई मध्यनजर गर्दै आउदो अप्रिलबाट एसियन ब्रिज इन्टरनेशनल स्कुल संचालनमा आउने भएको छ ।

टोकियोमा पत्रकार सम्मेलन गरी आउदो अप्रिलबाट प्रि-प्राइमरी देखी ४ कक्षासम्म पढाइ संचालन हुने जानकारी गराईएको थियो । नेपालीहरुको लगानीमा संचालन हुने उक्त विद्यालय टोकियोको किता कु खामीनाकाजातोस्टेशन नजिक रहेको छ ।

टोकियो र साईतामामा बसोबास गर्ने नेपाली लगायत अन्य एसियन समुदायका बालबालिकाहरुलाई जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यका साथ विद्यालय संचालनमा ल्याईएको विद्यालयका अध्यक्ष डा. बलराम श्रेष्ठ ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

नेपाली पाठ्यक्रम र जापानको प्रबिधीमा आधारित रही पठन/पाठन गरीने उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अमेरीका र युरोपका बिद्यार्थीसंग प्रतिस्पधा गर्न सक्ने नागरिक तयार पार्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, “अभिभावकलाई तपाईका बालबालिका हाम्रो विद्यालयमा भर्ना गर्नुस हामी सक्षम, अनुशासित, लगनशिल र विश्व समुदायसंग प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार पार्छौं” ।

विद्यालयकी एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले गुणस्तरीय शिक्षा दिनेमा प्रर्तिवद्ध रहेको बताएकी थिइन । लामो समयदेखि शिक्षण पेसामा आवद्ध पौडेलले बालबालिकाहरुको सर्वाङगीण विकासमा ध्यान दिदै सुन्दर भविष्य निर्माण गर्ने जिम्मा आफनो काधमा आएको र पुरा गर्न प्रतिबद्ध रहेको बताइन ।

पत्रकार सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, वर्तमान अध्यक्ष शान्त पहरी, आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा लगायतले विद्यालयको सफलताको शुभकामना दिएका थिए ।

सुरुवाती चरणमा प्रि-प्राइमरी देखी ४ कक्षा सम्म संचालन गर्ने यसियन ब्रिजमा प्रत्येक वर्ष कक्षा थप्दै विश्वविद्यालय सम्म संचालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आवद्ध रहेका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिको सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहेका छन भने एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले रहेकी छिन ।

१० करोडको लगानीमा संचालन हुन लागेको उक्त विद्यालयमा ७० जना सेयर होल्डरहरुको संयुत लगानी रहेको बताईएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ५० बजे

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास