२ पुस २०८२, बुधबार | December 17, 2025

एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ । खेल अबको केही समयमै सुरु हुनेछ ।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विराटनगरका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजील्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : ४१ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग