२ पुस २०८२, बुधबार | December 17, 2025

एनपीएलको च्याम्पियनले १ करोड ११ लाख पाउने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेतलो एक करोड ११ लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ । तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । शनिबार सुरु भएको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल भईरहेको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।

उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । ८ टिमबीच हुने एनपीएलको समापन पुस ६ गते हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : ०३ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग