२ पुस २०८२, बुधबार | December 18, 2025

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र हवाई ईन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको छ । त्यस्तै हवाई इन्धनको मूल्य पनि बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले जनाएको छ ।उपभोक्ताको हितलाई मध्यनजर गर्दै खानापकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य बढेसँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : २० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल