१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा अर्घाखाँचीमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण



बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका ३०१ जना अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ ।

वितरण गरिएका न्यानो कपडामा ट्र्याकसुट, टोपी, र मोजा समावेश थिए । साथै, १२ जना अति विपन्न बालबालिकालाई भाग्य बोक्ने झोला उपलब्ध गराइयो, जसमा शिक्षाका लागि आवश्यक सामग्री समावेश थिए ।

लाभान्वित विद्यालयहरूमा जगतमाता आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, श्री अमर आधारभूत विद्यालय, श्री जनशान्ति आधारभूत विद्यालय, र श्रीदीप आधारभूत विद्यालय समावेश छन् ।

कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ट अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनाल, पहिलो पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, र समाजसेवी पशुपति पाण्डे रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले यस्ता सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष सन्तोष बन्जाडेले गरेका थिए । आफ्नो मन्तव्यमा उनले पहिलो पाइला नेपालको स्थापना, उपलब्धि, र आगामी योजनाबारे जानकारी गराउँदै ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच बढाउन संस्थाले निरन्तर काम गरिरहेको उल्लेख गरे ।

समाजसेवी पशुपति पाण्डे र अमित प्रकाश पाण्डेको विशेष सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। समाजसेवी पाण्डेले पहिलो पाइला नेपालसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउँदै, यस्ता प्रयासहरूले बालबालिकाको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेलले भने, “स्थानीय सरकारले गर्नुपर्ने काम हामीले गर्न पाउँदा खुसी छौं, तर यो जिम्मेवारी वास्तवमा स्थानीय सरकारको हो ।”

कार्यक्रममा स्वागत मन्तव्य प्रकाश पोखरेलले प्रस्तुत गर्नुभएको थियो भने धन्यवाद मन्तव्य कोषाध्यक्ष नरेश न्यौपानेले राखेका थिए । कार्यक्रमको संयोजक रमेश काफ्ले रहेका थिए, भने सचिव मनिष खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका, समाजसेवी, र स्थानीय गरी करिब ६०० जनाको उपस्थिति रहेको थियो । सहभागीहरूले पहिलो पाइला नेपालको यो योगदानको प्रशंसा गर्दै यसलाई समाजसेवाको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरेका छन् । यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ०५ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे