२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलको रागश्री संगीतालयले नारायण गोपालको ३४ औँ स्मृति दिवस मनाउने



बुटवल । रागश्री संगितालयले नारायण गोपाल स्मृति दिवस मनाउने भएको छ । बुटवमा रहेको रागश्री संगीतालयले स्वर सम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवसको अवसरमा मंसिर १९ गते भव्य कार्यक्रम गरी मनाउने भएको हो ।

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायण गोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

नारायण गोपाल नेपाली गीत संगीतका एक अविजेय प्रतिभा हुन्, उनले गाएका कालजयी गीतहरुको स्मरण गर्नु तथा उनले जीवनमा भोगेका भोगाइहरुको चर्चा गर्नु आजका संगीत साधकहरुलाई पनि प्रेरणाको स्रोत बन्न सक्ने र अर्कोतर्फ उनी प्रति पनि सच्चा सम्मान हुने भएकाले यो कार्यक्रमको आयोजना गरिएको रागश्री संगीतालयका सञ्चालक वरिष्ठ संगीतकार सुरेश सेञ्चुरीले बताए ।

एभरेष्ट पार्टी प्यालेस, बुटवल, सुख्खानगरमा यही मंसिर १९ गते दिउँसो ३ः०० बजेदेखि शुरु हुने कार्यक्रममा एक दर्जन भन्दा बढी कलाकारहरुले नारायण गोपालका अजर अमर गीतहरु लाइभ गाउने तथा उनको जीवनीको बारेमा विस्तृत चर्चा गरिने संगीत प्रशिक्षक सरिता पन्थीले जानकारी दिइन् ।

रागश्री संगीतालयका प्रशिक्षार्थीहरुको संयोजनमा हुन लागेको उक्त कार्यक्रमको सह-आयोजकको रुपमा रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल रहेको छ भने बुटवल उपमहानगरपालिकाले पनि सहयोग गरेकोे छ । उक्त कार्यक्रममा दर्शकहरुलाई निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको प्रशिक्षार्थी उमेश रिजालले जानकारी दिए ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् ।

उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ३२ बजे

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये