२१ मंसिर २०८२, आइतबार | December 7, 2025

विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकामा सार्वजनिक बिदा हुने



बारा । गत मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ । बारा जिल्लाको १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ ।

प्रत्येक पाँच पाँच वर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ । प्रत्येक पाँच पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि बारा जिल्लाका १६ वटै पालिकाहरुले ४ दिन देखि लिएर ५ दिन सम्म स्थानिय चाड पर्व बिदा अन्तर्गत पालिकाहरुमा बिदा दिइने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

यता विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारे जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाले स्थानीय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय, सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, संघ संस्थाहरु, बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुर सिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

मंसिर ०२ गते बसेको १६ वटै पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकमा गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक बिकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि लिएर २५ गते सम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण वडा कार्यालय र बैंक बितिय, शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।

मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ । शनिवारदेखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ । बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा रहने बारे सुचना मार्फत नगरबासीलाई जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ७ : ५६ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षपछि

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि गयो सर्वोच्च अदालत

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९