४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ’



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

विश्व सम्पदा सूचीँमा रहेको भक्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक थन्थु दरबारलगायत निर्माणाधिन सम्पदाहरूको आज अवलोकन गर्दै बिजुक्छेँले स्थानीय तहले ऐतिहासिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पाए देशभरकै सम्पदा संरक्षण हुने बताए ।

सम्पदाको महत्त्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतः स्फूर्त रूपमा संरक्षण र सम्बर्द्धन हुँदै जाने बताउँदै उनले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएकाले यसको संरक्षण अवश्यक रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले भक्तपुरको मौलिक स्वरूप संरक्षण एवं सम्पदा पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाको अग्रसरता प्रशंसनीय भएको चर्चा गर्दै सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्त्वपूर्ण रहेको औँल्याए ।

बिजुक्छेँले थन्थु दरबरको पुनःनिर्माणसँगै गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको पनि अवलोकन गर्दै यसको अवस्थाबारे चासो दिएका थिए ।

सात सय वर्ष पुरानो भक्तपुरको लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ भने भक्तपुर महोत्सव नजिकिएसँगै नगरपालिकाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिएको छ ।

निरीक्षणको क्रममा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतले यहाँको एतिहासिक सम्पदाको अवस्था, पुनःनिर्माणलगायतका विषयमा चासो दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ५० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा