६ पुस २०८२, आइतबार | December 22, 2025

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

“आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ”, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।”

यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।

“अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाडौँको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिइएको छ”, प्रवक्ता सापकोटाले भने ।

जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रुपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । उनले भने, “यो उपनिर्वाचनले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा प्रतिवेदन आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवद्र्धन भनेको छ ।”

बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : २८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको