८ माघ २०८२, बिहिबार | January 22, 2026

उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछु : महानिरीक्षक कुँवर



कास्की । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन ।

कास्कीको पोखरा महानगरपालिका-६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन । अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिको विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै उनले पर्यटकीय राजधानी कास्कीमा स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा थप जिम्मेवारपूर्ण बनेको उल्लेख गरे । उनले पर्यटकको सुरक्षामा पनि त्यतिकै ध्यान दिन कास्की प्रहरीलाई आग्रह गरे ।

रात्रिकालीन व्यवसायको सुरक्षाका साथै पर्यटकमैत्री वातावरण बनाउने काममा पनि सुरक्षाकर्मी लाग्नु पर्ने उनको भनाइ छ । विपद्का घटनाप्रति चनाखो हुँदै जतिसक्दो छिटो उद्धारमा सुरक्षाकर्मी पुग्नुका साथै अपराध अनुसन्धान कार्यमा निश्पक्षता अपनाउन महानिरीक्षक कुँवरले आग्रह गरे । देशभर अपराधका घटना वार्षिक रुपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको रु १० करोड ६० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको जानकारी उक्त अवसरमा दिइएको छ । पाच रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ९०५ वर्गफिट क्षेत्रफलमा उक्त भवन बनेका हो । उक्त कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  २ : ४४ बजे

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट