१ पुस २०८२, मंगलबार | December 16, 2025

एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनी सामु एक सय ८८ रनको लक्ष्य प्रस्तुत



काठमाडौँ । नेपाल प्रिमिगर लिग (एनपिएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स सामू जितका लागि एक सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो ।

सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र छ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् । दीपेन्द्र सिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, बिनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त सात रन पायो ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक÷एक विकेट हात पारे । अहिले लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ११ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज