५ पुस २०८२, शनिबार | December 20, 2025

सजिलो बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न



बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल-९ को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको बुटवल फूलबारीमा साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सहकारीले उद्यमशिलतामा विशेष जोड दिनुपर्ने बताइन् । साथै सहकारीले अब आर्थिक क्षेत्रमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

संस्थाका अध्यक्ष रामराज पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गर्दै आएको बताए । अहिले केही सहकारी संकटमा परे पनि आफूहरुको निरन्तर प्रयासले सजिलो सहकारी फाइदामै रहेको बताए । स्थानीय स्तरमा स्थानीय नागरिकबाट सञ्चालन भएका सहकारीमा गरेको लगानी खेर नजाने पोख्रेलको भनाइ छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर-९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष बसन्त ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले भनाइ राखेका थिए । हाल सहकारीको कुल पुँजी १० करोड ८१ लाख १६ हजार ४४४ रहेको छ ।

जसमा कर्जा लगानी ८ करोड ४० लाख ९० हजार ८७१, निक्षेपतर्फ ८ करोड ५७ लाख ५७५ रहेको छ । शेयर पुँजीतर्फ १ करोड १८ लाख ८९ हजार रहेको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष भीमलाल गौतमको स्वागत तथा सचिव गुणनिधि खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन