४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्राईड अफ डान्सको फिनाले शनिबार



बुटवल । बुटवलमा जारी प्राईड अफ डान्सको फिनाले शनिबार हुने भएको छ । न्यु सारथी कला केन्द्र जितगढीको आयोजनामा भदौ २२ गतेबाट शुरु भएको नृत्य प्रतियोगिताको फिनाले शनिबार हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरि केन्द्रका संचालक पुनम थापाले फिनाले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइन् । होटल रेडिसनमा हुने फिनालेमा टप पन्ध्र जनाको बिचमा प्रतिस्पर्धा हुने उनले बताइन् । नृत्य प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्मका रुपमा बुटवलमा आयोजना भएको प्रतियोगिताको विजेताले फेसिनो स्कुटीसहित ट्रफि, प्रमाणबाट पुरस्कृत गरिने आयोजकले जानकार िदिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा उपविजेताले एक थान ल्यापटपसहित ट्रफि, प्रमाणपत्र तथा सेकेन्ड रनरअपलाई ४३ ईन्चको एलईडी स्मार्ट टिभि, ट्रफि, प्रमाणपत्र तथा सान्त्वनालाई गिजर, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको उपाधिको घोषणा ३० प्रतिशत भोटिङ र ७० निर्णायकको निर्णयबाट विजेता चुनिने संचालक थापाले बताइन् । अडिसनमा २५० जना सहभागीमध्येबाट विभिन्न चरण हुँदै अन्तिम १५ पुगेको बताउँदै १५ जना प्रतिस्पर्धीहरुका बीच फिनाले आयोजना हुने उनले बताईन । फिनालेमा अनु रजक, मुकेश गुरुङ, पुनम लक्ष्मी मगर निर्णायक रहेका छन । सहभागीको प्रस्तुति, भाव, श्रृगार, ताल, कोरियोग्राफीलाई मध्येनजर गरि निर्णय लिईने उनले बताइन् ।

दुई दशक देखि रुपन्देहीमा नृत्य सिकाउदै आएको पुनम थापा र दुर्गा रानाले न्यु सारथी कला केन्द्र जितगढीमार्फत नेपाली कला, संस्कृति जगेर्नामा योगदान दिदै आएका छन । प्रतियोगिताको उत्कृष्ट १५ जनालाई नै गिफ्ट हेम्पर उपहार दिईने केन्द्रका संचालक दुर्गा रानाले बताईन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको