१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

प्राईड अफ डान्सको फिनाले शनिबार



बुटवल । बुटवलमा जारी प्राईड अफ डान्सको फिनाले शनिबार हुने भएको छ । न्यु सारथी कला केन्द्र जितगढीको आयोजनामा भदौ २२ गतेबाट शुरु भएको नृत्य प्रतियोगिताको फिनाले शनिबार हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरि केन्द्रका संचालक पुनम थापाले फिनाले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइन् । होटल रेडिसनमा हुने फिनालेमा टप पन्ध्र जनाको बिचमा प्रतिस्पर्धा हुने उनले बताइन् । नृत्य प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्मका रुपमा बुटवलमा आयोजना भएको प्रतियोगिताको विजेताले फेसिनो स्कुटीसहित ट्रफि, प्रमाणबाट पुरस्कृत गरिने आयोजकले जानकार िदिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा उपविजेताले एक थान ल्यापटपसहित ट्रफि, प्रमाणपत्र तथा सेकेन्ड रनरअपलाई ४३ ईन्चको एलईडी स्मार्ट टिभि, ट्रफि, प्रमाणपत्र तथा सान्त्वनालाई गिजर, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको उपाधिको घोषणा ३० प्रतिशत भोटिङ र ७० निर्णायकको निर्णयबाट विजेता चुनिने संचालक थापाले बताइन् । अडिसनमा २५० जना सहभागीमध्येबाट विभिन्न चरण हुँदै अन्तिम १५ पुगेको बताउँदै १५ जना प्रतिस्पर्धीहरुका बीच फिनाले आयोजना हुने उनले बताईन । फिनालेमा अनु रजक, मुकेश गुरुङ, पुनम लक्ष्मी मगर निर्णायक रहेका छन । सहभागीको प्रस्तुति, भाव, श्रृगार, ताल, कोरियोग्राफीलाई मध्येनजर गरि निर्णय लिईने उनले बताइन् ।

दुई दशक देखि रुपन्देहीमा नृत्य सिकाउदै आएको पुनम थापा र दुर्गा रानाले न्यु सारथी कला केन्द्र जितगढीमार्फत नेपाली कला, संस्कृति जगेर्नामा योगदान दिदै आएका छन । प्रतियोगिताको उत्कृष्ट १५ जनालाई नै गिफ्ट हेम्पर उपहार दिईने केन्द्रका संचालक दुर्गा रानाले बताईन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : ०१ बजे

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले