१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवलको मेलामा दर्शक हंसाउँदै आयोजक



बुटवल । बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल-२०८१ मा यो पटक मेला हेर्न आउने दर्शकहरु पेट मिचीमिची हाँस्न पाउने भएका छन् । मेलामा ‘अब हाँस्छ बुटवल (लाफ्टर च्यालेन्ज)’ स्यण्डअप कमेडी नया कार्यक्रममार्फत दर्शकलाई हसाईने भएको हो ।

मेलाको सास्कृतिक उपसमितिले यसपटक अघिल्लो वर्षभन्दा फरक र आर्कषक कार्यक्रमको तयारीमा लागेको जनाएको छ । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा पौष ३ देखि १८ गतेसम्म, बुटवल मण्डप आयोजना हुने मेलाको सास्कृतिक कार्यक्रममा फरक शैलीको विधाहरु समावेश गरिएको आयोजकले जनाएको छ ।

सास्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले बढिभन्दा बढी दर्शक तान्ने सास्कृतिक कार्यक्रम भएको हुँदा समयको माग र दर्शकको चाहना अनुसार कार्यक्रमहरु तयार भएको बताए । दर्शक हसाउने कलाकार जन्माउने ‘अब हाँस्छ बुटवल (लाफ्टर च्यालेन्ज)’ स्यण्डअप कमेडी आयोजना हुने उनले बताए । हरेक वर्ष गीतसंगीत र कला क्षेत्रका युवाहरुलाई अवसर दिने प्लेटफर्मको रुपमा मेलाको सास्कृतिक पाटो भएको उनले बताए । धेरै पछि बुटवलको महोत्सवमा स्थानिय लोकल ब्याडको प्रस्तुती समेत हुने भएको उनले जनाए ।

बसन्त श्रेष्ठको नेतृत्वमा सात वटा स्थानिय ब्याडहरुको प्रस्तुति रहने उनले जानकारी दिए । लोकदोहरी प्रतियोगितामा हालसम्म १० टिम दर्ता भईसकेको, विद्यालयस्तर लोकनृत्य प्रतियोगितामा ३५ विद्यालयलाई पत्राचार गरिएको र दर्ता प्रक्रिया चलेको उनले बताए । यसैगरि लोक भजनतर्फ ३० टिम सहभागी हुने आँकलन रहेको उनले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेले विधागत संयोजक तोकेर जिम्मेवारीसहित कामको बाँडफाट गरिएको बताए । १२ औ संस्करणको प्रदर्शनीमा आईपुग्दा धेरै कलाकारहरु मेलाबाट उत्पादन भएको भन्दै उनले संस्कृति जगेर्नालाई जोडेर मेला महोत्सवको सास्कृतिक कार्यक्रम हुने उनले बताए । लोक कलाकारहरुलाई विशेष प्रस्तुति रहने उनले बताए ।

कार्यक्रममा सल्लाहकार खिम बहादुर हमालले बुटवलको मेलामा ०५६ सालमा लोकदोहरी प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै त्यसबेला गाउगाउबाट सहभागी ल्याउने गरिएको बताए । भेषभुषा र संस्कृति दुबैलाई जोड दिएर लोकदोहरी कार्यक्रम चलाउदा यो नै मेलामहोत्सवको ब्राण्ड बन्न सफल भएको उनले बताए ।

यसैगरि विविध सास्कृतिक उपसमितिका संयोजक सिता रानाले धार्मिक, जातिगत संस्कृतिहरु प्रदर्शन हुने बताईन् ।

कार्यक्रममा उपसमितिका सहसंयोजक सुमन श्रेष्ठ, दोहोरी गित संयोजक दामोदर बश्याल, विद्यालयस्तर लोकनृत्य प्रतियोगिता संयोजक सुन्दर गुरुङ, लोकभजन संयोजक रितु थापाले तयारी अन्तिम चरणमा पुगेको बताइन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : १४ बजे

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले