२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रहरी हिरासत भित्रका रवि लामिछानेको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले कारवाही गर्ने



काठमाडौं । कास्की प्रहरी हिरासत भित्रको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले कारवाही गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई प्रहरीले कानुन अनुसार कारबाही गर्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्ने जनाएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्त कुमार शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । रुपन्देहीका भुसालले प्रहरीको विज्ञप्ति आउनु अघि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए । आफुलाई युथ अफ नेशनको अध्यक्ष बताउने भुसाल रुपन्देही सैनामैनाको स्थायी बासिन्दा हुन् ।

सभापति लामिछानेको तस्वीर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए ।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ३ : ०२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले