१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

प्रहरी हिरासत भित्रका रवि लामिछानेको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले कारवाही गर्ने



काठमाडौं । कास्की प्रहरी हिरासत भित्रको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले कारवाही गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई प्रहरीले कानुन अनुसार कारबाही गर्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्ने जनाएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्त कुमार शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । रुपन्देहीका भुसालले प्रहरीको विज्ञप्ति आउनु अघि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए । आफुलाई युथ अफ नेशनको अध्यक्ष बताउने भुसाल रुपन्देही सैनामैनाको स्थायी बासिन्दा हुन् ।

सभापति लामिछानेको तस्वीर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए ।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ३ : ०२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज