२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान



बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।

व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरिन । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताइन । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राखिन ।

कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, कलावती उपाध्याय र बिना श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै जेनी श्रेष्ठले यो सम्मानले आफूहरुलाई ठूलो हौसला र आत्मसम्मान मिलेको बताउँदै संघ प्रति आभार व्यक्त गरिन ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले महिला उद्यमशिलताको विकासका लागि व्यूटि फेयरको आयोजना गरिएको बताए । उनले अहिले मेला भित्रको मेलाको रुपमा आयोजना गरिएपनि आगामी वर्षमा यसलाई विशिष्टिकृत मेलाकै रुपमा अगाडि बढाउने गरी योजना बनाएको पनि जानकारी गराए ।

कार्यक्रममा मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारी, व्यूटि फेयरकी संयोजक रेनु श्रेष्ठ, सम्मानित जेनी श्रेष्ठ, नेपाल व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष अनिता केसी, तिलोत्तमाकी अध्यक्ष अञ्जना केसी लगायतले भनाई राखेकी थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ०७ बजे

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त