२० भदौ २०८३, शनिबार | September 5, 2026

समिक्षाले बुटवल मेलामा दर्शकलाई नचाईन



बुटवल । ‘धनगढीको बसमा, आउँदा मलाई ल्याईदिनु चट्ट कालो चस्मा…, ‘कस्तो जोड जुराईदियौ धन्य प्रभु धन्य…’ गायिका समिक्षा अधिकारीले यी गित गाईरहँदा दर्शक दिर्घाबाट पाएको साथले उनलाई थप हौसला बढायो । शुक्रबार औद्योगिक व्यापार मेला बुटवल २०८१ मा आएकी गायिक समिक्षाले आफूले गाएका धेरै गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।

मेलामा समिक्षा आउने भएपछि दर्शकको पनि भिड बढेको थियो । समिक्षाले गित गाईरहँदा दर्शक उनको गितसंगै नाचेर, गाएर, हुटिङ् गरेर साथ दिएका थिए । मेलामा दर्शकको भिडले आयोजकलाई पनि फुक्र्याएको थियो ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा भएको औद्योगिक व्यापार मेलामा शुक्रबार समिक्षा सहित लालमायाँ थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल, भुवन अधिकारी मिसन मगर लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।

यहि पुसको १८ गतेसम्म चल्ने मेलामा भोलि शनिबार लोक तथा दोहोरी गायक पशुपती शर्मा, प्रचण्ड जिसी, चेतना थापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी गराए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ८ : ०८ बजे

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी