२ चैत्र २०८२, सोमबार | March 16, 2026

अन्तर मावी लोक दोहोरी प्रतियोगिताको पहिलो चरणको प्रतिस्पर्धा जारी



बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला बुटवल-२०८१ मा आयोजित अन्तर मावी लोक दोहोरी गीत प्रतियोगितामा पहिलो चरणको प्रतिस्पर्धामा शुक्रबारसम्म ६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका छन् । विहिबारदेखि सुरु भएको प्रतिस्पर्धामा पहिलो दिन २ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए भने शुक्रबार दोस्रो दिन ४ वटा विद्यालयले प्रतिस्पर्धा गरेको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले जानकारी दिए ।

प्रतियोगितमा ११ वटा विद्यालयले सहभागिता जनाएको उनले जानकारी दिए । दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगता अन्तरगत विहिबार एपेक्स मावि र सगरमाथा माविले प्रतिस्पर्धा गरेका छन् भने शुक्रबार कान्ती मावि र ध्यानन् मावि तथा शान्ति नमूना मावि र कालिका माविले प्रतिस्पर्धा गरेको संयोजक कसजूले जानकारी दिए । प्रतियोगिताको विजेताले २० हजार नगद राशीसहित विभिन्न आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्ने छ भने उप विजेताले नगद १५ हजार पुरस्कार राशी, तृतीय हुनेले १० हजार तथा सान्त्वना हुनेले ५ हजार नगद राशी प्राप्त गर्ने संयोजक कसजुले जानकारी दिए ।

मेलाका साँस्कृतिक कार्यक्रम अन्तरगत भ्वाइस अफ बुटवलमा अडिसन राउण्डबाट छनोट भएका १२ जना प्रतियोगिले शनिबार प्रतिस्पर्धा गर्ने साँस्कृतिक उप समितिका सह संयोजक सुमन श्रेष्ठले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य कार्षणको रुपमा रहेको यो प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ पुरस्कार राशीसहित विभिन्न आकर्षक गिफ्टह्यम्पसर तथा फर्स्ट रनरअपले ३० हजार ३३३ रुपैयाँ नगद राशीसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गर्ने संयोजक कसजुले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा शुक्रबार चर्चित गायिका समीक्षा अधिकारीले प्रतिस्तुती दिएकी छन् । यसैगरी स्थानीय कलाकारहरु लालुमाया थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल तथा भुवन अधिकारीले प्रस्तुती दिएको साँस्कृतिक उपसमितिका अर्का सह संयोजक दिपक कार्कीले जानकारी दिए ।

महोत्सवमा शनिबार राष्ट्रिय कलाकार चर्चित गायक पशुपति शर्मा, प्रचण्ड जिसी, चेतना थापा, रितु थापा तथा नृत्यङ्गना परी क्षेत्रीको प्रस्तुती रहने छ । यसैगरी अरोक्ष व्याण्डको प्रस्तुतीसँगै विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता र लोक भजन प्रतियोगिता समेत आयोजना हुने कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ८ : ३३ बजे

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त