२० भदौ २०८३, शनिबार | September 5, 2026

पशुपति शर्मासँगै बुटवलको औद्योगिक व्यापार मेलामा झुमे दर्शक

लोक भजन चुटका प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा



बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार चर्चित गायक पशुपति शर्मासँगै दर्शक झुमेका छन् । पशुपतिको प्रस्तुती पर्खेर बसेका हजारौं दर्शक उनी स्टेज चढेसँगै हुटिङले मेलास्थल गुञ्जिएको थियो ।

आफ्ना दर्जनौं लोक दोहोरीका टुक्का सुनाउँदै “मलाई अमेरिका यहीँ…” भन्ने भाकाबाट दर्शक नचाउन सुरु गरेका उनले आधा दर्जन लोक दोहोरी भाकाबाट करिब एक घण्टा दर्शक नचाएका थिए । प्रस्तुतीको बिच-बिचमा ठट्यौंली टुक्का भरेर माहोल तताएका उनले सामाजिक विषय मात्र होइन राजनीति र नेताहरुलाई समेत तीखो ब्याङ्ग्या गरे ।  आफूले गाएका गीत ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट…।’ भन्ने भाकाका केही टुक्का सुनाउँदै दर्शकको साथमा “देश लुट्न पाइँदैन”को नारा समेत लगाउन भ्याए ।

‘क्यार्न माया मारिछेउ सानीले…।’, ‘सारङ्गी र्याई, र्याई तिरी मीरी झ्याई…।’, स्याङ्जा जाने बाटैमा तनहु…।’ तथा बैमानी त पैसा रै’छ…’लगायतका आधा दर्जन गीत गाएका थिए । यस बीचमा गायिका तथा उद्घोषिका उमादेवी खनालसँग गाएका दोहोरी टुक्काले दर्शकलाई थप मनोरञ्जन दिए । पशुपतिको प्रस्तुती सकिएसँगै दर्शकबाट भने “वान्स मोर..” को गुञ्जायस लामै समय रोकिएको थिएन ।

मेलामा शनिबार साँस्कृतिक कार्यक्रम अन्तरगत लोक भजन चुटका प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप समितिका संयोजक निर्मित कसजुले जानकारी दिए । यसैगरी स्थानीय कलाकार तथा ब्यान्डले साँस्कृतिक प्रस्तुती दिएका थिए ।

महोत्सवमा आइतबार हुने कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र पशुपति शर्माको प्रस्तुती रहने सह-संयोजक दिपक कार्कीले जानकारी दिए । यसैगरी अन्तर विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता तथा भ्वाइस अफ बुटवलमा उत्कृष्ट १० प्रतियोगीहरुको प्रतिस्पर्धा सुरु हुने उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : २४ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी