२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहार घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग



काठमाडौं । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुर्व्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पु-याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि आवश्यक निणर्य लिने स्पष्ट गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष