१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहार घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग



काठमाडौं । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुर्व्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पु-याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि आवश्यक निणर्य लिने स्पष्ट गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज