८ पुस २०८२, मंगलबार | December 23, 2025

रवि लामिछानेको सांसद पद निलम्बन, हिरासत भित्रको फोटो सार्वजनिक गर्ने निकोलस रिहा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

हिजो मात्र लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था भए अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो ।

‘‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

हिरासत भित्र रविको फोटो खिच्ने निकोलस रिहा
रास्वपा सभापति लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका रुपन्देहीका निकोलस भुसाल रिहा भएका छन् । अदालतले हिरासतमा राखेर अनुसनधान गर्ने प्रहरीको आग्रहलाई अस्वीकार गरेसँगै उनी रिहा भएका हुन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला सिसि क्यामेराको स्क्रिनबाट फोटो खिचेको उनले सामाजिक सञ्जाल मार्फत स्वीकार गरेका थिए ।

सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : २१ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई