४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास ‘ब्रेक थ्रु’



बुटवल । पहिलो र तेस्रो बाइपास ब्रेक थ्रू भएसकेको सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक अन्तरगत निर्माणाधीन सुरुङमार्गको दोस्रो बाइपास छिचोलिएसँगै तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएको हो ।

१५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास गत असोज ४ गते छिचोलिएको थियो भने १३० मिटरको तेस्रो बाइपास पनि गत असोज २६ गते ब्रेक थ्रू भएको थियो । पछिल्लो बाँकी १६१ मिटरको दोस्रो बाइपास आइतबार छिचोलिएको सिद्धबाबा सुरूङमार्ग योजनाले जनाएको छ ।

सिद्धबाबा सुरूङमार्ग योजनाका अनुसार मूल टनेल पनि अब छिट्टै ब्रेक थ्रू गरिने छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमार्गको ब्रेक थ्रू गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विष्णु पौडेलको अघिल्लो अर्थमन्त्री रहँदाको कार्यकालमा २०७७ मंसिरमा सुरुङमार्गका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको थियो ।

हाल बुटवल(पाल्पा खण्डको तिनाउ गाउँपालिका(२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दूरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू भइरहेका छन् ।

सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइसकेको छ ।

सिद्धबाबा क्षेत्रको तीन किलोमिटर क्षेत्रमा बर्सेनि माथिबाट पहिरो र ढुंगा खसेर हुने दुर्घटनाले जनधनको क्षति हुने गरेपछि सो क्षेत्रमा सुरुङमार्गको परिकल्पना गरिएको थियो ।

पछिल्लो १० वर्षमा यही क्षेत्रमा पहिरोमा परेर करिब ७० जनाले ज्यान गुमाएका छन् । १० वर्षको अवधिमा यहाँ १८ वटा बस, ७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ११ : ३८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ