२ चैत्र २०८२, सोमबार | March 16, 2026

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती



बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुती रह्यो । क्रिसमस विदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट हुटिङको वर्षाभयो । जब एलिनाले माईक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो ।

एलिनाले ५० औं हजार दर्शकका बिच आफ्नो गायन करियर सुरु गर्दादेखिका पछिल्ला सबै गित गाएर भरपुर मनोरञ्जन प्रदान गरिन् । एलिनाले गित गाउँदा दर्शकले पनि संगसंगै गित गाउदै हुटिङ गर्दै नाचेका थिए । बुटवलको मञ्चमा एलिनाले कट्टा हान्दिन्छ, धोकेवाज हौ तीमि, मिनरल वाटर, आईफोन हरायो लगायतका थुप्रै गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन गराईन ।

बुधबार एलिन सहित लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, सुशिला गौतम, धनबहादुर गुरुङ, शिला गुरुङ, तारा थापा, दिपा थापा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

त्यस्तैगरी भोली बिहिबार लोक तथा दोहोरी गायक श्याम राना, सपना गाहा, विधान कार्की, सुनि तामी, निरु गुरुङ, हरि खत्री, हास्य कलाकार कमल गाउँले, डान्सर विना धिताल, शिल्पा मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी गराए ।

बुधबार मेलामा ४० हजार बढी दर्शकले अवलोकन गरेका छन् । मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बुधबार मात्रै मेलामा ४० हजार बढीले अवालेकन गरेको बताए ।

यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेला १८ गते सम्म सञ्चालन गरिने छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : ३० बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५