८ पुस २०८२, मंगलबार | December 24, 2025

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

आयोगले तीनै तहका सरकार तथा सरोकार भएका सबै निकायलाई जेष्ठ नागरिकको सीप, अनुभव र भोगाईलाई पुस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्न आग्रह गरेको हो ।

चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार, जेष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ यो दिवस मनाइरहेको सन्दर्भमा आयोगले तीनै तहका सरकारलाई तथा सरोकार भएका सबैलाई जेष्ठ नागरिकको सम्मान आग्रह गरेको हो ।

प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “बढ्दो जनसङ्ख्याप्रति संवेदनशील हुँदै, तीन तहका सरकारले आवश्यकता पहिचान गरी जेष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने जरुरी छ ।”

जेष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्थाका सम्बन्धमा आयोगले गरेको अध्ययनको क्रममा ग्रामीण तहका जेष्ठ नागरिक आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाको अनुभूति गर्न नपाएको देखिएको छ । सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न कठिनाई हुनुका साथै राज्यबाट प्रदान गरिएका स्वास्थ्य एवं यातायात सेवामा प्राथमिकतालगायत सुविधा पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।

हाल नेपालमा जेष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ छ । जनगणना २०५८ देखि जनगणना २०६८ सम्म आइपुग्दा जेष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर तीन प्रतिशत रहेकामा २०७८ सम्मआइपुग्दा वृद्धिदर तीन दशमलव पाँच प्रतिशत पुगेको छ ।

जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेकामा जेष्ठ नागरिकको वृद्धिदर तीन दशमलव पाँच प्रतिशत हुनुले अन्यको तुलनामा जेष्ठ नागरिकको वृद्धि प्रतिशत बढी देखिन्छ ।

उल्लिखित तथ्याङ्कलाई विश्लेषण गर्दा भविष्यमा समाजमा जेष्ठ नागरिकको सङ्ख्याप्रतिशत अझ बढ्ने आँकलन गर्न सकिन्छ । औसत आयु वृद्धि, मृत्यूदरमाकमी, स्वास्थ्यप्रति सचेतनाका कारण जेष्ठ नागरिकको जनसङ्ख्यावृद्धि हुँदै गएको देखिएको छ ।

जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सम्बन्धमा संविधान, नीति, ऐन, नियमावलीका साथै तीनै तहका सरकारले विभिन्न योजना तथा कार्यक्रममा उल्लेख गरेता पनि अपेक्षित नतिजा हाँसिल हुन सकेको देखिँदैन ।

आयोगले जेष्ठ नागरिकको अधिकार संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखीकार्य गर्दै आइरहेको छ । नेपालले जेष्ठ नागरिकलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले विसं २०७८ साल पुस ११ गतेदेखि नेपाल सरकारले राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ५ : १४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना