१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे मानवअधिकार आयोगको चासो



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेर सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिएको छ ।

आयोगको टोलीले आज प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्दै सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा चासो ब्यक्त गरेको हो ।

भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार छलफलका क्रममा टोलीले देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई सुझाव दिएको छ ।

जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।

साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ५ : ३५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा