९ कार्तिक २०८३, सोमबार | October 27, 2026

सरकारी कर्मचारीलाई नेपालमै उत्पादित पोशाक अनिवार्य, उपहार पनि स्वदेशी दिनुपर्ने



सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनुपर्ने भएको छ । यस्तो व्यवस्था सहितका प्रावधान समेटेर सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको निर्देशिकामा सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने प्रावधान छ ।

निर्देशिकाको ५ नम्बर बुँदामा ‘स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने’ सम्बन्धी व्यवस्था छ । ‘सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नु पर्नेछ,’ दफा ५(१) मा छ । निर्देशिकाले सार्वजनिक निकायको परिभाषामा सार्वजनिक खरिद ऐन २०६३ को परिभाषालाई नै राखेको छ । जस अन्तर्गत संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, प्रदेश सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग र यस अन्तर्गतका जुनसुकै सरकारी निकाय र कार्यालय पर्दछन् ।

यसअनुसार राज्यका सबै अंग र त्यस अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारी र पदाधिकारीहरूले उपलब्ध भएसम्म नेपालमै उत्पादित पोशाक प्रयोग गर्नुपर्ने हुन्छ । सार्वजनिक निकायको परिभाषामा नेपाल सरकार र प्रदेश सरकारको स्वामित्व रहेको वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैंक वा समिति समेत पर्दछन् । सरकारले गठन गरेका आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद समेत यसभित्र समेटिन्छन् । विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र र अन्य प्राज्ञिक वा शैक्षिक संस्था पनि सार्वजनिक निकाय हुन् । स्थानीय सरकार, विकास समिति ऐन २०१३ बमोजिम गठित विकास समिति, नेपाल सरकार र प्रदेश सरकारको ऋण वा अनुदानमा संचालित संस्था र सरकारले सार्वजनिक निकाय भनेर तोकेका अन्य निकाय पनि सार्वजनिक निकाय अन्तर्गत पर्दछन्

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  २ : २१ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता