२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)



बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्डकाे धमकेदार प्रस्तुती रह्याे । मेलामा शुक्रबार दीपक बज्राचार्य र उनकाे द रिदम व्याण्डकाे प्रस्तुतीले बुटवलकाे चिसाेलाई ताताे बनायाे ।

 

मेलामा स्टेज चढेसंगै दर्शककाे हुटिङ् र तालीकाे साथ पाएका बहुचर्चित गायक दीपकले गायन करियरकाे सुरुदेखिका गित गायर दर्शकलाई पनि भरपुर मनाेरञ्जन प्रदान गरे । दीपक र उनकाे द रिदम व्याण्डले हजाराैं दर्शकले भरिभराउ बुटवल मण्डपकाे शन्ध्याकालिन साँझलाई संगितमय बनाएकाे थियाे ।

त्यस अवसरमा उनले म कुनै रितु हाेईन, कालिकालि हिस्सी परेकी लगायतका थुप्रै गित गाए । शुक्रबार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्ड सहित लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

 

त्यस्तैगरी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुला लोक दोहोरी गित प्रतियोगिता र भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल प्रतियोगिता भएका छन् ।

 

त्यसैगरी भोली (शनिबार) लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहनेछ ।

त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित यहि पुसको ३ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल छन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : २६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी