२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल मेलामा उपमहानगरपालिकाको अनुगमन



बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेला बुटवल २०८१ का स्टल तथा होटलहरुमा बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विगतका मेलाका तुलनामा सबैकुरा धेरै सुधार भएको राम्रो पाईएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन । उनका अनुसार केही सुधार गर्नुपर्ने कुराहरुमा सुधारको लागि सुझाव दिईएको छ । मेलाका सबै पक्ष राम्रो पाईएको बताउँदै उनले होटलहरुमा पनि सरसफाई लगायत व्यवस्थापकीय कुराहरुमा राम्रो देखिएको बताइन ।

त्यसैगरी शुक्रबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँकी, संविधान सभा सदस्य नेत्र पन्थी लगायतका नेता तथा उद्योगी व्यवसायीहरुका छाता संस्थाका प्रतिनीधिहरुले मेलाको अवलोकन गरेका छन ।

उनीहरुलाई संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्याल सहित पदाधिकारीहरु स्वागत गरेका थिए । त्यस अवसरमा अध्यक्ष अर्यालले मेलाका सबै पक्षका बारेमा जानकारी गराएका थिए । मेलाको स्थलगत अवलोकन पछि नेताहरुले मेलाको व्यवस्थापकीय पक्ष र साजसज्जा सबै राम्रो देखिएको प्रतिक्रिया दिए । उनीहरुले यस्तो मेलाले मुलुकको औद्योगिक विकासमा टेवा पुर्याउने समेत विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०३ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५