९ भदौ २०८३, मंगलबार | August 25, 2026

मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री गिरीले गरे ट्रफी अनावरण



बुटवल । मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा हुन लागेको प्रतियोगिता तयारी पूरा भएको आयोजकले जनाएको हो ।

मंगलबार एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।

भोलि पुस १७ गते बुधवारबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरमा सुरुवात हुने पुरुष भलिबल प्रतियोगितामा स्पोर्टस एकेडेमीका संरक्षक एवं प्रधानमन्त्री केपी ओली आउने कार्यक्रम रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित उप(प्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलको समेत आतिथ्यता रहने छ । भलिबल च्याम्पियनसिपमा १ करोड १० लाख ६० हजार रुपैयाँ खर्चको अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष आचार्यले अताए ।

प्रतियोगिताको लागि पहिलो चरणमा टिकट शुल्क ३०० हुने र सेमिफाइनल र फाइनलमा बढाउँदै लैजाने आयोजनाले जनाएको छ ।

टर्फी अनावरण गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले एकेडेमीले खेलकुद र पर्यटन क्षेत्रलाई जोड्दै अघि बढेको बताए ।

यसले दक्ष खेलाडी उत्पादन गर्नुका साथै लुम्बिनी क्षेत्रलाई खेलकुदको क्षेत्रमा अघि बढाउन सघाएको बताए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ३४ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३