९ भदौ २०८३, मंगलबार | August 25, 2026

मदन भण्डारी इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबलको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज बुटवल आउदैँ



बुटवल । प्रधानमन्त्री केपी ओली आज बुटवलमा आउने भएका छन । आजदेखी बुटवलमा हुन लागेको मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिता २०८१ को समुद्घाटनको लागी प्रधानमन्त्री ओली आज बुटवलमा आउन लागेका हुन ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा हुन लागेको पुरुष भलिबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक एवं प्रधानमन्त्री केपी ओलीसंगै उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल पनि बुटवल आउन लागेको स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर-१० रामनगरको खेलमैदानमा हुने पुरुष भलिबल प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुने अध्यक्ष आचार्यले जानकारी दिए ।

संघीय राजधानी काठमाडौं बाहिर हालसम्मकै सर्वाधिक पुरस्कार राशीसहितको यो प्रतियोगितामा विदेशी क्लब तथा नेपालका क्लबहरुबाट समेत विदेशी खेलाडीसहित ८ समुहको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद राशीसहित रनिङशिल्ड प्राप्त गर्ने छ । उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न विधागत रुपमा जनही १० हजार नग राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरि आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन ।

यो वर्षका लागि एकेडेमीले डेढ दर्जन खेलका कार्यतालिका सार्वजनिक गर्नुकासाथै करिब १० करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको अध्यक्ष आचार्यले बताए । बुटवलमा हुने पुरुष भलिबलका लागि खेलाडीहरुको आवास व्यवस्थापन आयोजकबाट नै हुनेछ । प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिताको लागि पहिलो चरणमा टिकट शुल्क ३०० हुने र सेमिफाइनल र फाइनलमा बढाउँदै लैजाने अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १० : २९ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३