१६ असार २०८३, मंगलबार | July 1, 2026

मदन भण्डारी इन्डो नेपाल भलिबल : आर्मी र मणिमुकुन्दको जित, एक खेल स्थगित



बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जीत हात पारेका छन् । तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ ।

बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनलाई ३, १ सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट १५, २५ ले हारेपनि त्यसपछि खेलको लय समात्दा जीत निकालेको हो ।

त्यसपछि दोस्रो सेट २९-२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५-२१ र २५-२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर,सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मी मैदान उत्रेको थियो ।

यद्यपि आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाउनु परेको थियो । निकै प्रतिश्पर्धात्मक खेलमा एक समय २३-१९ अंककासाथ जित नजिक पुगेको स्थितीमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९-२७ सम्म पुगेको थियो । जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातमा अंक बटुल्दै ६-० ले अग्रता लिएको थियो । आर्मीका स्पाइकरलाई चल्न नदिएपनि आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि गुजरातलाई भारी भएको थियो । तेस्रो सेटमा धन बहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५-२१ अंककासाथ जित निकालेको थियो । भारतीय टिमको कमजोरी पत्ता लगाएको आर्मीले चौथो सेट २५-२२ मा जितेको थियो ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा दोस्रो खेल रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले ३,० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५, २१ ले जितेको थियो । दोस्रो सेटमा २५ १५ हुदै मणिमुकुन्द पुन अगाडि लागेको थियो । तेस्रोमा २५, २१ सेट ल्याएपछि मणिमुकन्द विजयी बनेको थियो ।

बिहीबारको ससस्त्र प्रहरी र गल्कोटबीचको खेल भने शीतलहरका कारण स्थगित भयो । खेलमा चौथो सेटको प्रतिश्पर्धा हुदैगर्दा शीतलहरका कारण खेल स्थगित भएको हो । सम्पन्न भएका सेटहरुमा २ सेट गल्कोटले र १ सेट सशस्त्र प्रहरीले जितेका थिए । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।

च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।

प्रतियोगितामा एक भारतियसहित ८ टिम सहभागी छन् । ती मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ८ : ४८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी