९ माघ २०८१, बुधबार | January 22, 2025

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप



काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गर्ने निर्णय गरेको हो ।

यसरी पदावधि थप हुनेहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी रहेका छन् ।

सशस्त्रको मुख्यालयले दुई साता अघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो । म्याद नथपिएको भए उनीहरूले आजै मध्यरातिबाट अवकाश प्राप्त गर्ने थिए ।

सशस्त्रको मुख्यालयको सिफारिस गृह मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको कायम रहेको छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैथियो । सशस्त्र प्रहरी नियमावलीको व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०१ बजे

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको