१० चैत्र २०८२, मंगलबार | March 24, 2026

थ्रेसहोल्ड बढाएर ल्याउन खोजिएको दुई दलीय तानाशाही स्वीकार्य छैन : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले निर्वाचनमा थ्रेसहोल्ड बढाउने षड्यन्त्र आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले थ्रेसहोल्डमार्फत नेपालमा दुई दलीय तानाशाही लाद्न खोजिएको जिकिर गर्दै त्यस्तो व्यवस्था नेपाललाई नचाहिएको बताएका छन्। उनले यसविरुद्ध संघर्ष गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘६-७ लाख गर्दै दशौंलाख (३०-४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र सो हिस्सा चोर बाटोले ठूला पार्टीमा जोड्ने निर्वाचन थ्रिसोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तैयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

राउतले धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन् :
‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन्,’ उनले भनेका छन्, ‘कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस्। त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : २४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण