७ आश्विन २०८३, बुधबार | September 23, 2026

काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने



काठमाडौं । उच्च अदालत पाटनमा प्रकाशनगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेकोे रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।

“मिति २०८१-९-१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरुको प्रतिलिपि मगाई मिसिल सामेल राख्नू” आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा प्रत्यर्थीका तर्फबाट लिखित जवाफसमेत प्राप्त भइसकेको देखिँदा पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्नू ।”

अदालतले यही पुस १९ गते सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवं सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि र अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश गरेको थियो ।

काउन्सिलले उक्त प्रकाशनगृहलाई गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेको उल्लेख गर्दै सो प्रकाशन गृहलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उक्त प्रकाशनगृहले उच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ८ : ०३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई